गत शुक्रबार सार्वजनिक हुने भनिएको मौद्रिक नीति केहि दिन पर धकेलिएको छ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्त्वको सरकार हुँदा सरोकारवालाहरुसँगको छलफल तथा सुझाव संकलनको काम सकेर लेखनको चरणमा पुग्दा केपी शर्मा ओली नेतृत्त्वको सरकार आएपछि मौद्रिक नीति सार्वजनिक गर्ने मिति पर धकेलिएको हो।
मौद्रिक नीति एउटा सामान्य प्रक्रिया भएकाले सत्ता समीकरणले ठूलो अर्थ नराख्ने बताउने गरेको नेपाल राष्ट्र बैंक यत्तिखेर भनेर सत्ता समीकरण परिवर्तन पश्चातका घटनाबाट प्रभावित भएको देखिन्छ।


