उद्योगमा बिजुली जोड्नेबारे प्राधिकरणको बैठक निष्कर्षविहीन


  • Himalayan Bank Limited (HBL)
उद्योगमा बिजुली जोड्नेबारे प्राधिकरणको बैठक निष्कर्षविहीन

काठमाडौँ — डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा उद्योगमा काटिएको बिजुली जोड्नेबारे सोमबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको वैठक निष्कर्षविहीन टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार प्राधिकरणको बैठक बसे पनि सञ्चालकहरूबीच सहमति जुट्न नसकेको हो । 

सञ्चालक समितिले ऊर्जामन्त्री, प्राधिकरणका कार्यकारी निर्देशक र समूहमा पटकपटक छलफल गरेको थियो । ‘विद्युत् काटिएका ६ उद्योगमा पुनः जोड्नेसम्बन्धमा मात्र छलफल केन्द्रित थियो, तर निष्कर्षमा पुग्न सकिएन,’ स्रोतले भन्यो, ‘छलफलका आधारमा उद्योगमा बिजुली जोड्नेसम्बन्धी माइन्युट तयार भएको छ, हस्ताक्षर गर्न मात्रै बाँकी छ ।’ उक्त निर्णयमा प्राधिकरणका दुई सञ्चालक असहमत छन् । मंगलबार बहुमतका आधारमा निर्णय गरेर बिजुली जोडिने दाबी प्राधिकरण स्रोतको छ ।

Read More