रुकुमपूर्वबाट ३८ करोड बजेट फिर्ता


  • Himalayan Bank Limited (HBL)
रुकुमपूर्वबाट ३८ करोड बजेट फिर्ता

रुकुमपूर्व : रुकुमपूर्वबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ३८ करोड रुपैयाँ बजेट फिर्ता भएको छ। संघीय तथा प्रदेश सरकारबाट जिल्लाका विभिन्न कार्यालय र स्थानीय सरकारमा प्राप्त चालु र पुँजीगत बजेट गरी ३७ करोड ९९ लाख ६२ हजार रुपैयाँ खर्च हुन नसकी जिल्लाबाट बजेट फिर्ता भएको हो।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संघीयभन्दा प्रदेश सरकारको धेरै बजेट खर्च हुन नसकी फिर्ता भएको छ। प्रदेशबाट चालु र पुँजीगत गरी १ अर्ब १ करोड ५९ लाख ३९ हजार रुपैयाँ बजेट प्राप्त भएकामा ८१ करोड ९० लाख ९५ हजार रुपैयाँ खर्च हुँदा १९ करोड ६८ लाख ४४ हजार रुपैयाँ खर्च हुन नसकेको लेखा नियन्त्रक नरेन्द्र बुढामगरले बताए। प्रदेशबाट प्राप्त कुल बजेटको ८०.६२ प्रतिशत बजेट खर्च भएको छ। प्रदेश मातहतका जिल्लाका विभिन्न कार्यालय र आयोजनाको बजेट खर्च हुन नसकेको बुढामगरको भनाइ छ।

Read More