७ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच नौ वर्षदेखि जारी ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादबारे मन्त्रिपरिषदबाट नै निकास निकाल्ने भएको छ ।
ऊर्जामन्त्री दीपक खड्काले आज साँझसम्म डेडिकेटेड र ट्रंक लाइन विवादबारे मन्त्रिपरिषद्ले केही निकास निकाल्ने बताए ।
‘डेडिकेटेड र ट्रंक लाइन विवादमा साँझसम्म मन्त्रिपरिषद्ले केही निकास निकाल्न सक्छ,’ ऊर्जामन्त्री खड्काले अनलाइनखबरसँग भने, ‘यस सम्बन्धमा प्राधिकरण सञ्चालक समितिको बैठक पनि बसेको छ ।’



