एक वर्षमा २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात


  • Himalayan Bank Limited (HBL)
एक वर्षमा २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा नेपालले २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार सो रकम बराबरको २ लाख ९६ हजार मेट्रिक टन फलफूल नेपालमा आयात भएको हो । 

एक वर्षमा फलफूलको कारोबारबाट सरकारले ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।  

यस्तै नेपालबाट भने ३ करोड रुपैयाँको मात्रै फलफूल निर्यात भएको भन्सार विभागकाे तथ्यांकमा उल्लेख छ । नेपालले वार्षिक फलफूलको कारोबारबाट २३ अर्ब ४१ करोड घाटा बेहोरेको छ ।

अधिकांश फलफूल भारतबाटै आयात भएको भन्सार विभाग तथ्यांकमा छ । एक वर्षमा भारतबाट २ लाख मेट्रिक टन  फलफूल आयात भएको छ । सो बापत १२ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्यांक छ । यस्तै, ११ अर्ब ७ करोड रुपैयाँको चीन, अष्ट्रेलिया, अमेरिकालगायतका मुलुकबाट फलफूल आयात भएको हो ।

Read More