सुन बन्यो विश्वको दोस्रो उत्कृष्ट प्रदर्शन गर्ने सम्पति, सन् २०२४ को पहिलो ६ महिनामा करिब १३ प्रतिशत बढ्यो

  • Himalayan Bank Limited (HBL)
सुन बन्यो विश्वको दोस्रो उत्कृष्ट प्रदर्शन गर्ने सम्पति, सन् २०२४ को पहिलो ६ महिनामा करिब १३ प्रतिशत बढ्यो

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनले सन् २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । सन् २०२४ को पहिलो ६ महिनामा मात्रै भाउ करिब १३ प्रतिशतले बढेपछि सुनले अन्य प्रमुख सम्पति वर्गहरुलाई पछि पारेको वर्ल्ड गोल्ड काउन्सिलको रिपोर्टले देखाएको छ । केन्द्रीय बैंकहरुको निरन्तर खरिद, एसियाली लगानी प्रवाह, बलियो उपभोक्ता माग र भूराजनीतिक अनिश्चितताबाट सुनलाई निरन्तर फाइदा पुगेको छ ।

Read More