सहकारी, सुन वा नक्कली भुटानी शरणार्थी काण्डमा व्यक्तिको अनुहार हेरिनेछैन : प्रधानमन्त्री ओली


  • Himalayan Bank Limited (HBL)
सहकारी, सुन वा नक्कली भुटानी शरणार्थी काण्डमा व्यक्तिको अनुहार हेरिनेछैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्न दल विशेष वा व्यक्तिको अनुहार नहेर्ने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले व्यक्तिको व्यवहार हेरेर कारबाही गर्ने प्रतिवद्धता जनाए।

'कुनै पनि प्रकारका भ्रष्टाचार सम्बन्धमा कुनै पनि दल विशेष हेरिनेछैन। दल विशेष छुट्याउनेछैन। कोही पनि भ्रष्टाचारीको अनुहार हेरिनेछैन। व्यवहार हेरेर कारबाही गरिनेछ,' ओलीले भने।

उनले सुशासन कायम गर्ने सरकारको पहिलो प्राथमिकता रहेकाले जुनसुकै काण्डलाई कानुनी दायरामा ल्याइने बताए। 'भ्रष्टाचार निवारण सरकारको प्रमुख प्राथमिकताको विषय हो। सहकारी ठगी, सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्डलगायत विषयमा आम जनताको चाहना बमोजिम राष्ट्र हितका लागि सुशासन कायम गर्न सरकार प्रष्ट छ। ठूला साना जो भए पनि कानुनी दायरामा ल्याउँछौँ,' उनले भने

Read More