लाइन काटिएका उद्योगमा विद्युत् आपूर्तिबारे छलफल गर्न प्राधिकरण सञ्चालक समितिको बस्यो बैठक, निर्णय भएन


  • Himalayan Bank Limited (HBL)
लाइन काटिएका उद्योगमा विद्युत् आपूर्तिबारे छलफल गर्न प्राधिकरण सञ्चालक समितिको बस्यो बैठक, निर्णय भएन

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनको प्रिमियम शुल्क नतिरेको भन्दै लाइन काटिएका उद्योगमा विद्युत् आपूर्तिबारे छलफल गर्न नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठक बसेको छ । 

गत आइतवार विद्युत नियमन आयोगले लाइन काटिएका उद्योगमा तत्काल विद्युत् उपलब्ध गराउन प्राधिकरणलाई पत्राचार गरेपछि सञ्चालक समिति बैठक बसेको हो ।  

सोमवार (आज) बसेको बैठकमा लाइन काटिएका उद्योगहरूमा लाइन जोड्नेबारे कुनै निर्णय नभएको एक सदस्यले जानकारी दिए । ‘छलफल भयो । कतिपय कुराहरू मिलाउन बाँकी छ । निर्णय के–कसरी हुन्छ । पोजेटिभ छ,’ ती सदस्यले भने । 

Read More