भारतको जीडीपी वृद्धि दर ६.५ देखि ७ प्रतिशत रहने


  • Himalayan Bank Limited (HBL)
भारतको जीडीपी वृद्धि दर ६.५ देखि ७ प्रतिशत रहने

नयाँ दिल्ली । केन्द्रीय मन्त्री निर्मला सीतारमणले आज संसदमा आर्थिक सर्वेक्षण २०२३-२४ पेश गरेकी छिन् । उनले मंगलबार बजेट प्रस्तुत गर्नेछिन् । 

यस आर्थिक सर्वेक्षणमा भारतको जीडीपी वृद्धि दर आर्थिक वर्ष २०२५ मा ६.५-७ प्रतिशत रहने अनुमान गरिएको छ।

यससँगै रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले आर्थिक वर्ष २०२५ मा ४.५ प्रतिशतले मुद्रास्फीति दर रहनेछ जुन आर्थिक वर्ष २०२६ मा ४.१ प्रतिशत हुने अनुमान गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

चीनबाट एफडीआईमा बृद्धि भएको र यसले विश्वव्यापी आपूर्ति शृङ्खलामा भारतको सहभागिता बढाउन सक्ने र यसले निर्यात पनि बढाएको उल्लेख छ ।

Read More