साउनको पहिलो हप्तासम्ममा ८४% धान रोपाईं सम्पन्न : कृषि विभाग


  • Himalayan Bank Limited (HBL)
साउनको पहिलो हप्तासम्ममा ८४% धान रोपाईं सम्पन्न : कृषि विभाग

देशैभर ८४ प्रतिशत धान रोपाईं भएको छ । साउनको पहिलो सातासम्म आइपुग्दा सात वटै प्रदेशमा आइतबारसम्म ११ लाख ८१ हजार हेक्टर जमिनमा रोपाईं सम्पन्न भएको हो । अघिल्लो वर्ष यो समयमा ६९.१  प्रतिशत मात्र धान रोपाईं सम्पन्न भएको थियो।  कृषि विभागका अनुसार यो वर्ष १३ लाख ९८ हजार हेक्टर धान रोपाईं हुने आकलन गरिएको छ ।

सबैभन्दा धेरै धान रोपाईं हुनेमा सुदूरपश्चिम प्रदेश अघि  छ । उक्त प्रदेशमा ९६ प्रतिशत रोपाई सम्पन्न भएको छ भने सबैभन्दा कम रोपाईं हुनेमा मधेश प्रदेशमा ८० प्रतिशत रोपाईं मात्र सम्पन्न हुन सकेको छ । विभागका प्रवक्ता अरुण काफ्ले विगतको भन्दा यसपटक समयमै रोपाईं सम्पन्न हुने चरणमा रहेको बताए ।

Read More