लगातार दुई आर्थिक वर्ष नेपालको अन्तर्राष्ट्रिय व्यापार घटेको छ। व्यापारी तथा विश्लेषकहरूले मागमा कमी आएको बताइरहेको बेला भन्सार तथ्यांकले गत वर्ष पनि अन्तर्राष्ट्रिय व्यापारमा सुधार आउन नसकेको देखाएको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा आयात १.१६ प्रतिशत, निर्यात ३ प्रतिशत र समग्र व्यापार १.३३ प्रतिशतले गिरावट आएको छ।
कतिपय वस्तुको मागमा आएको कमी तथा धेरै उपभोग हुने पेट्रोलियम पदार्थको मूल्यमा आएको कमी, निर्माण सामग्रीको कच्चा पदार्थ आयात गरी तयारी वस्तु नेपालमा बन्न थालेपछि यसको असर अन्तर्राष्ट्रिय व्यापारमा देखिएको छ।



