गतवर्षको दायित्व यस वर्ष तिर्न बाटो खुला, विनियोजन नै कम हुँदा भुक्तानीमा अपर्याप्त


  • Himalayan Bank Limited (HBL)
गतवर्षको दायित्व यस वर्ष तिर्न बाटो खुला, विनियोजन नै कम हुँदा भुक्तानीमा अपर्याप्त

काठमाडौं । पूँजीगत खर्च कम भएको र निर्माण व्यवसायीले काम गरेको भुक्तानी नपाइरहेका बेला सरकारले चालू आर्थिक वर्षमा भने रकमान्तर र दायित्व भुक्तानी सरल बनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा खानेपानी, सडक तथा पुल, सिँचाइ, सरसफाइ तथा अन्य सार्वजनिक निर्माणमा सृजित दायित्व र रकमान्तरलाई अर्थ मन्त्रालयले केही खुला गरेको हो ।

चालू आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको मन्त्रालयले गत आर्थिक वर्षको बाँकी रहेको भुक्तानी जुन शीर्षकको हो, त्यसमै र जुन आयोजना हो, सोही आयोजनामा गर्न सकिने व्यवस्था गरेको छ । उक्त मार्गदर्शनको ५० नम्बर बुँदा कार्यान्वयन गर्दा गत आर्थिक वर्षको भुक्तानी सम्बन्धित मन्त्रालय तथा निकायले चालू आर्थिक वर्षको जुनसुकै त्रैमासमा गर्न पाउनेछन् । 

उक्त मार्गदर्शनको बुँदा ५० मा भनिएको छ, ‘चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रममा समेत विनियोजन भएको र गत आर्थिक वर्ष २०८०/८१ मा प्रचलित कानून, स्वीकृत मापदण्ड बमोजिम विधिसम्मत रूपमा खर्च शीर्षक ३११५१–सडक तथा पूल निर्माण, ३११५५–सिँचाइ संरचना निर्माण, ३११५६–खानेपानी संरचना निर्माण, ३११५८–सरसफाइ संरचना निर्माण, ३११५९–अन्य सार्वजनिक निर्माणमा सृजित दायित्व कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रमाणित भएको रकमको हकमा सम्बन्धित आयोजना तथा कार्यक्रमको जुनसुकै त्रैमासिकमा विनियोजन भएको रकमबाट भुक्तानी गर्न सकिनेछ ।’

Read More