६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा सिर्जना भएको तर भुक्तानी दिन नसकेको रकम मन्त्रालय तथा विकासे अड्डाहरूले जुनसुकै त्रैमासमा भुक्तानी दिन सक्ने भएका छन् ।
अर्थ मन्त्रालयले जारी गरेको बजेट कार्यान्वयन मार्गदर्शनबाट यस प्रकारको व्यवस्था गरिएको हो । अर्थ मन्त्रालयका अनुसार चालु आव २०८१/८२ को स्वीकृत बजेटबाट गत वर्षसम्मको बाँकी भुक्तानी दिन सकिने व्यवस्था मिलाइएको छ ।



