काठमाडौँ । विद्युत् नियमन आयोग विद्युत् लाइन काटिएका उद्योगहरूमा विद्युत् जोड्न निर्देशन दिएको छ । आयोगले विवाद समाधान हुनुअघि उपभोक्ताको विद्युत् आपूर्ति विच्छेद गर्न नपाइने कानुनी व्यवस्था रहेको भन्दै प्राधिकरणलाई डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा काटिएको बिजुली जोड्न निर्देशन दिएको हो ।
आयोगले गत वर्ष बनाएको ‘विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’ को दफा १३ को उपदफा १० मा भएको व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको आयोगले जनाएको छ । आयोगको आज बसेको बैठकले प्राधिकरणलाई काटिएको ६ वटा उद्योगमा बिजुली जोड्न निर्देशन दिएको हो ।



