काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाका दुईतिहाइ सांसदले विश्वासको मत दिएका छन् ।
आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मत दिए । उक्त संख्या प्रतिनिधिसभाको कुल सदस्य संख्याकै दुई तिहाइभन्दा बढी हो । २७५ सदस्यीय प्रतिनिधिसभाको दुईतिहाइ संख्या १८४ हुन्छ ।
प्रधानमन्त्री ओलीलाई ७४ जना सांसदले भने विश्वासको मतको विपक्षमा मतदान गरे । यस्तै, १ जना सांसद भने तटस्थ रहे ।



