काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो बनेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले सेयर बजार २७ महिना यताकै उच्च बिन्दुमा पुगेको बताएका हुन् ।
उनले भने, ‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार पछिल्लो २ हप्तामा ४०० अंकले बढेको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास हो यो ।’ प्रधानमन्त्री ओलीले अब सेयर बजार मात्र नभएर देशको समग्र बजार चलायमान बन्ने बताए ।





