उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै क्षेत्रको मनोबल टुटेको महसुस गरेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रमा सरोकार राख्ने र सर्वसाधारणसम्म हेर्दा धैर्यको बाँध फुटिसकेको अवस्था देखेको बताएका हुन्।
'सबै क्षेत्रको मनोबल टुटेको महसुस गरेको छु, धैर्यको बाँध फुटिसकेको महसुस गरेको छु, देशैभरी समस्याको चाङ भेटेको छु,' मन्त्री पौडेलले भने, 'एक/एक गरी समस्याको समाधान निकाल्न प्रयास गर्नेछु।'
स्रोत सीमितताको कारण सरकारले धेरै खर्च गर्न नसक्ने बताउँदै मन्त्री पौडेलले विनियोजनमा उच्च सतर्कता अपनाउनुपर्ने बेला आएको बताए।



