बुटवल — बजेटको आकार बढाउन हरेक वर्ष घाटा बजेट सार्वजनिक गर्दै आएको लुम्बिनी प्रदेश सरकारले विकास निर्माणका काम पनि उधारोमै गराइरहेको छ । पछिल्ला तीन वर्षमा सरकारले काम सकेका निर्माण व्यवसायी, उपभोक्ता र विभिन्न संघसंस्थालाई काम सकिएकै वर्ष रकम भुक्तानी दिन सकेको छैन ।
हरेक वर्ष भुक्तानी बाँकी रकमलाई दायित्व सार्दै अर्को वर्ष भुक्तानी गर्दै आएको छ । गत आर्थिक वर्षमा पनि २ अर्बभन्दा बढी भुक्तानी दायित्व यस वर्षका लागि सरेको छ ।


