वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा ६१ करोड ४७ लाख १७ हजार १३१ रूपैयाँ राजस्व संकलन गरेको छ। महानगरले संकलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा चार करोड ४५ लाख ४३ हजार ९३० ले बढी हो।
महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा ६१ करोड ४७ लाख राजस्व सङ्कलन गरेको बताए।


