काठमाडौं । ठूलो रकम विविध शीर्षकमा राखेर चालू आर्थिक वर्ष २०८१/८२ का लागि बजेट बनाएको सरकारले त्यस्तो बजेट रकमान्तर गरी खर्च गर्न बाटो खोलेको छ । अर्थ मन्त्रालयले तयार पारेको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा आवश्यक ठाउँमा रकमान्तर गरी उक्त शीर्षकमा रहेको बजेट खर्च गर्न सकिनेगरी बाटो खुला गरिएको छ ।
मन्त्रालयगत बजेट सूचना प्रणालीमा स्वीकृत वार्षिक आयोजना तथा कार्यक्रम संशोधन एवं रकमान्तर गर्नुपर्ने भएमा स्रोत परिवर्तन नहुने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० को उपदफा (२) को अधीनमा रही थप हुने खर्च शीर्षकको शुरू विनियोजनको २५ प्रतिशतसम्म रकमान्तर गनुपर्ने शर्त राखिएको छ ।



