साउन ६ गते आइतबार, आषाढ शुक्लपक्ष पूर्णिमा तिथि
मेष
प्रशासनिक तथा वैदेशिक कामहरु बन्नेछन्। आम्दानी बढ्ने समय छ।
वृष
काम तथा व्यवसायिक क्षेत्रमा सोचे अनुरुप प्रगति गर्न कठिन छ।
मिथुन
कपडाको व्यापार, उत्पादनमूलक काम आदिबाट राम्रो लाभ हुन सक्छ।
कर्कट
लेनदेन तथा जग्गाजमिन सम्बन्धि कामबाट राम्रो लाभ मिल्न सक्छ।
सिंह
सामाजिक तथा सेवामूलक कामबाट राम्रो लाभ मिल्ने समय रहेको छ।
कन्या
अपेक्षा गरिएका व्यक्तिहरुबाट उचित सहयोग नमिल्नाले काम सोचेजस्तो नहुन सक्छ।
तुला
कामको माध्यमले पुरुषार्थ देखाउने मौका मिल्नेछ भने लगानीको लागि पनि समय राम्रो छ।
वृश्चिक
बैंक तथा वित्तिय क्षेत्रसम्बन्धि कामबाट लाभ मिल्न सक्छ। लगानीको लागि पनि दिन शुभ देखिन्छ।
धनु
कृषि तथा व्यापार सम्बन्धि क्षेत्रबाट प्रगति गर्ने समय रहेको छ। लगानीको लागि पनि समय शुभ देखिन्छ।
मकर
स्वास्थ्यमा समस्या तथा खर्च बढ्न सक्ने भएकाले ध्यान दिनुपर्ने समय छ भने लगानी आज नगर्दा नै राम्रो रहला।
कुम्भ
आम्दानी राम्रो हुन सक्छ। व्यवसाय गर्नेहरुले अरु समय भन्दा धेरै नाफा कमाउन सक्छन् ।
मीन
नयाँ कामको सुरुवात गर्ने वा गरिरहेको काम वा व्यवसायलाई नयाँ ढंगबाट गर्ने सोच आउन सक्छ। आम्दानी तथा लगानीको क्षेत्र राम्रो छ।



