अर्थमन्त्रीलाई चेम्बरको सुझाव : 'कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन सकिन्छ'


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्रीलाई चेम्बरको सुझाव : 'कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन सकिन्छ'

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझाव दिएको छ । शुक्रबार चेम्बर कार्यसमितिले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गर्दै सुझाव दिएको हो ।

आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएकोप्रति चेम्बर अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।‘अर्थतन्त्र शिथिलताबाटै ग्रुज्रिरहेको छ । आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यक्ता छ,’ अग्रवालले भने ।

Read More