मौद्रिक नीति कठोर ल्याउन नहुने प्रधानमन्त्रीको भनाइ


  • Himalayan Bank Limited (HBL)
मौद्रिक नीति कठोर ल्याउन नहुने प्रधानमन्त्रीको भनाइ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । 

    आज नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुनः जिम्मेवारीमा नआएको स्पष्ट पारे । उनले भने, “विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो । म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ । त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर्छ ।”

Read More