छ वटा अलग -अलग जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।यसरि अनुमति माग्ने कम्पनीहरुमा बाराही हाइड्रोपावर पब्लिक, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन, रिभर फल्स पावर र शिवश्री हाइड्रोपावर छन् ।
पिपुल्स पावरले चुक्तापूँजीको ५० प्रतिशत र बाँकी पाँच वटा कम्पनीले भने शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिन धितोपत्र बोर्डसमक्ष अनुमति मागेका हुन् ।




