निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल


  • Himalayan Bank Limited (HBL)
निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौँ — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने बताएका छन् । 

नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटघाटमा अर्थमन्त्री पौडेलले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारे ।

महासंघका पदाधिकारीसंगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेका थिए । 'काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छ', अर्थमन्त्री पौडेलले भने, 'समस्या आइसकेपछि यत्तिकै राख्ने होइन, समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ ।'

Read More