सुयोग सहकारीका संचालकहरुविरुद्ध १३६ जनाले दिए जाहेरी, बचतकर्ताको ४५ करोड जोखिममा


  • Himalayan Bank Limited (HBL)
सुयोग सहकारीका संचालकहरुविरुद्ध १३६ जनाले दिए जाहेरी, बचतकर्ताको ४५ करोड जोखिममा

काठमाडौँ । ललितपुरको मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुनिल महर्जनसहित ३ जना थुनामा छन् । जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरुविरुद्ध सहकारीको रकम अपचलन गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ ।

ललितपुर महानगरपालिका–२० घर भएका अध्यक्ष सुनिल महर्जन, ललितपुर–१२ मंगलबजार घर भएकी ६० वर्षीया मालिका महर्जन र भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घर भएका अर्पण कवा असार १६ र १७ मा पक्राउ परेका हुन् ।

Read More