काठमाडौं । नेपाललाई दिने वैदेशिक सहायतामा दातृ निकायहरूले पछिल्लो समय अनुदानभन्दा ऋणमै जोड दिन थालेका छन् ।
दातृ निकायसँग सरकारले अनुदानका लागि खासै लबिङ नगर्ने र ती निकायले पनि ऋणमै जोड दिँदा ऋण अंश बढ्दै गएको हो । गत आर्थिक वर्ष (आव) २०८०/८१ मा ४९ अर्ब रुपैयाँ बराबर वैदेशिक अनुदान जुटाउने लक्ष्य सरकारले लिएकोमा जम्मा ११ अर्ब २२ करोड रुपैयाँ बराबरमात्रै आएको छ । यो प्राप्ति लक्ष्यको २२ दशमलव २४ प्रतिशत हो ।



