सुर्खेत । कर्णाली प्रदेश सरकारका पदाधिकारी तथा कर्मचारीको तलव–भत्ता लगायतका सुविधाका लागि एक वर्षमा झण्डै दुई अर्ब रुपैयाँ खर्च भएको छ ।
प्रदेश लेखा नियन्त्रकको कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्मचारी र पदाधिकारीको पारिश्रमिकका मात्रै १ अर्ब ३५ करोड ३८ लाख २५ हजार ५२६.५ रुपैयाँ खर्च भएको छ ।
कर्णालीमा ८ सदस्यीय मन्त्रीपरिषद् छ । एक वर्षको अवधिमा दुई वटा सरकार बनेका छन् । सुरुमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा नेतृत्वको सरकार थियो भने अहिले एमाले संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वको सरकार छ ।



