काठमाडौँ — सर्वसाधारणको जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने मन्त्रालयको पुँजीगत खर्च गर्ने क्षमता कमजोर देखिएको छ । गत आर्थिक वर्षमा १० वटा विकासेसहितका मन्त्रालयले पुँजीगत खर्च ५० प्रतिशत पनि कटाउन सकेका छैनन् ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सबैभन्दा कम पुँजीगत खर्च गर्नेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छ । यस मन्त्रालयका लागि पुँजीगततर्फ ३९ करोड २४ लाख रुपैयाँ विनियोजन भएको थियो । तर मन्त्रालयले एक वर्षमा १६.५० प्रतिशत मात्र खर्चिएको छ ।


