काठमाडौं । कमजोर पुँजीगत खर्च र आर्थिक गतिविधिमा सुस्तताका कारण गत वर्ष सरकारले लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकेन । राजस्व संकलन लक्ष्यअनुरूप हुन नसक्दा संघीय सरकारको सञ्चित कोष घाटा आर्थिक वर्षको असार मसान्तमा २ खर्ब ७० अर्ब रुपैयाँ बढी पुगेको छ ।
सञ्चित कोष गत आवमा मात्र १ खर्ब ८१ अर्ब घाटामा
आव २०७९–८० को असार मसान्तमा सरकार १ खर्ब ८१ अर्ब रुपैयाँले घाटामा रहेको थियो । यस वर्ष कर्जा, अनुदान र राजस्व लक्ष्यअनुरूप नभेट्दा संघीय सरकारको सञ्चित कोष गत आवमा मात्रै ९० अर्ब रुपैयाँले घाटामा गएको छ । सरकारको आम्दानीभन्दा खर्च बढी भएकाले सञ्चित कोष घाटामा गएको हो ।



