काठमाडौँ, साउन ४ गते । सहकारी क्षेत्रमा देखिएका समस्या उजागर र समस्या समाधानका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले जनाएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बिहीबार सहकारी क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीसँग छलफल गर्दा सो कुरा आएका हुन् ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीका समस्या उजागर गरी समाधानमा लैजान सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।



