काठमाडौँ । पूर्वबैंकर भुवन कुमार दाहालले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार करिब ४२ खर्ब हाराहारी मात्र रहेको बताएका छन् ।
नेपालको वित्त क्षेत्र र कर्जा प्रवाहको स्थिति हेर्ने हो भने २० वर्ष अवधिमा औषत १९ प्रतिशतले कर्जा लगानी वृद्धि भएको उनले बताए । पछिल्लो वर्ष २०८०/८२ मा करिब ६ प्रतिशत मात्र क्रेडिट ग्रोथ हुँदा ३ प्रतिशत हाराहारी मात्र आर्थिक वृद्धि हुन सकेको उनको भनाइ छ ।
तर, सरकारले बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । सोही लक्ष्यलाई निरन्तरता दिँदै सरकारले आर्थिक वर्ष २०८१/८२ मा पनि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बताइएको छ ।


