काठमाडौं : चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई पनि समाजवादी बनाउने भएको छ । चिनियाँ अधिकारीहरुले एआई प्रणालीहरुले मूल समाजवादी मूल्यमान्यताहरुलाई मूर्तरुप दिन सक्षम छन् कि छैनन् भनेर एआई कम्पनीहरुको 'लार्ज ल्यांग्वेज मोडल' हरुको परीक्षण गरिरकेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।
चीनको शक्तिशाली इन्टरनेट पर्यवेक्षक 'साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना' ले बाइटडान्स, अलिबाबा, मुनसट र जीरोवान एआईलगायतका ठूला प्रविधि कम्पनी र एआई स्टार्टअपहरुलाई उनीहरुको एआई मोडेलहरुको अनिवार्य सरकारी समीक्षा गराउन बाध्य बनाएको बताइएको छ । यस प्रयासमा लार्ज ल्यांग्वेज मोडलहरुले दिने उत्तरहरुको परीक्षण गर्ने स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ ।



