अर्थतन्त्र चलायमान बनाउने गरी केहि लचिलो व्यवस्थासहित नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। केन्द्रीय बैंकले उच्च व्यवस्थापन समितिमा आजै छलफल गरी शुक्रबार बेलुकासम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो।
अर्थमन्त्री विष्णु पौडेलसँग बुधबार गभर्नर महाप्रसाद अधिकारीको छलफल सकारात्मक भएपछि राष्ट्र बैंकले शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी गरेको हो। केन्द्रीय बैंकले भोलि शुक्रबार नै सञ्चालक समितिमा छलफल गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको स्रोतले बताएको छ।
राष्ट्र बैंकले यसपटक अर्थतन्त्र चलायमान हुने गरी लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ। तथ्याँक समेत लचिलो नीति ल्याउन अनुकुल रहेको र अर्थमन्त्री पौडेलको गभर्नर महाप्रसाद अधिकारीसँगको सम्बन्ध सरकारात्मक रहेकोले मौद्रिक नीतिमा थप लचिलो बन्ने देखिएको हो। राष्ट्र बैंकले यसपटक निर्माण क्षेत्रलाई विशेष सहुलियत दिने देखिएको छ।



