कर्जा प्रवाह बढाउने मौद्रिक नीतिको तयारी


  • Himalayan Bank Limited (HBL)
कर्जा प्रवाह बढाउने मौद्रिक नीतिको तयारी

काठमाडौँ — गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति ल्याउने तयारी गरेको छ । कर्जा माग नहुँदा बैंक तथा वित्तीय संस्थामा करिब ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको, ब्याजदर निकै तल झरिसकेको, रेमिट्यान्स बढिरहेको, विदेशी मुद्रा सञ्चिति, शोधनान्तरलगायत सूचक बलियो रहेको मौकाको सदुपयोग गर्दै राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमा कर्जा विस्तारलाई प्रोत्साहन हुने खालका व्यवस्था समेट्नेबारे छलफल भइरहेको स्रोतले बताएको हो । 

ब्याजदर वाञ्छित सीमामा राख्दै वित्तीय स्थायित्व नखलबलिने र बजेटमार्फत सरकारले तय गरेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोगी हुने गरी राष्ट्र बैंक यस वर्षको मौद्रिक नीति तर्जुमाको अन्तिम तयारीमा जुटेको छ । ‘अहिलेसम्म यसै साता सम्भवतः शुक्रबार मौद्रिक नीति जारी गर्ने योजनासहित काम गरिरहेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘कुनै कारणले बिहीबार काम सकिएन भने मौद्रिक नीति आइतबार वा सोमबारसम्म जाला ।’

Read More