काठमाडौं । स्वदेशमा उखुखेतीको क्षेत्र, उत्पादन र चिनी उत्पादन एक दशकअघिको तुलनामा निकै घटेको बेला सरकारले औद्योगिक प्रयोजनका लागि विभिन्न उद्योगलाई चिनी आयातको अनुमति दिएको छ ।
स्वदेशी चिनी मिल र उखु किसानबीच लामो समय चलेको भुक्तानी विवादका परिप्रेक्ष्यमा किसानले उखुखेती घटाउँदै लगेका छन् भने स्वदेशी चिनी मिलको उत्पादन पनि १ दशकअघिको तुलनामा घटेको छ । यस परिप्रेक्ष्यमा बिस्कुट, चकलेट, डेरीलगायत उद्योगलाई चाहिने चिनी आयातको लागि सरकारले अनुमति दिएको हो ।



