गत आर्थिक वर्ष २०८०।०८१ मा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढी रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा १४वटा निर्जीवन बीमकले ४१ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने शिर्षस्थानमा शिखर इन्स्योरेन्स छ । उक्त कम्पनीले सो अवधिमा एक्लैले ५ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी,सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ७८ करोड रुपैयाँ संकलन गरेको छ ।


