अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको भाउ, १ महिनायताकै न्यून विन्दुमा


  • Himalayan Bank Limited (HBL)
अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको भाउ, १ महिनायताकै न्यून विन्दुमा

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेको छ । कच्चा तेलको भाउ घटेर १ महिनायताकै न्यून विन्दुमा कारोबार भइरहेको रोयटर्सले उल्लेख गरेको छ । बुधबार लगातार चौथो दिन भाउ घटेर तेलको कारोबार भइरहेको छ । बुधबार दिउँसोसम्म ब्रेन्ट क्रुड ०.०६ प्रतिशत अर्थात ७ सेन्टले घटेर प्रतिब्यारेल ८३.६८ डलरमा कारोबार भइरहेको छ । 

यता, अमेरिकी बेन्चमार्क डब्लुटीआई क्रुड पनि ०.०४ प्रतिशतले घटेर प्रतिब्यारेल ८०.७४ डलरमा कारोबार भइरहेको छ । यी दुुवै बेन्चमार्कहरु यसअघिका ३ कारोबार सत्रहरुमा पनि घटेका थिए । मंगलबार ब्रेन्ट क्रुड प्रतिब्यारेल ८०.३० डलरसम्म घटेर कारोबार भएको थियो । उक्त भाउ गत जुन १७ यताकै न्यून विन्दु भएको रोयटर्सले उल्लेख गरेको छ ।

Read More