२ साउन, काठमाडौं । व्यापार र निर्माणसहित अर्थतन्त्रका आधा दर्जन क्षेत्र ऋणात्मक रहँदा आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिन पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा अर्थतन्त्रको विस्तार २.२ प्रतिशतले मात्र हुन पुगेको देखिएको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही त्रैमासको तुलनामा भएको कुल गार्हस्थ उत्पादनको वृद्धिदर हो । आव २०७९/८० को तेस्रो त्रैमासमा अर्थतन्त्रको विस्तार २.५ प्रतिशत थियो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यस अवधिमा निर्माण कार्यले गति लिन नसक्दा यी क्षेत्रहरू ऋणात्मक बन्न पुगेका छन् ।



