सेयर बजारमा बुल रनको संकेत : करिब ३ वर्षयताकै उच्च कारोबार, नेप्से चम्किनुका यी हुन् खास कारण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर बजारमा बुल रनको संकेत : करिब ३ वर्षयताकै उच्च कारोबार, नेप्से चम्किनुका यी हुन् खास कारण

काठमाडौं : सेयर बजारको उकालो यात्रा बुधबार पनि जारी रहेको छ । नेप्से सूचकका साथमा कारोबार रकम थप बढ्दोक्रममा देखिएको छ । यसैक्रममा बुधबार नेप्से सूचक ५४.०४ विन्दुले बढेर २३६४.६३ अंकमा आइपुगेको छ । १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

यो कारोबार रकम करिब ३ वर्षयताकै उच्च हो । यसअघि, २०७८ भदौ १५ गते १३ अर्ब १६ करोड भन्दा धेरैको कारोबार भएको थियो । यस्तै, नेप्से सूचक पनि २०७९ वैशाख २८ गते यताकै उच्च हो । त्यस दिन नेप्से इन्डेक्स २३६९.०६ विन्दुमा बन्द भएको थियो । सबै समूहका सूचक बढेका छन् । लगानीकर्ताको मनोबल उच्च हुँदा सेयर बजारले गति लिन सकेको हो । पछिल्ला दिनको कारोबार रकममा आएको बढोत्तरी र नेप्से सूचक वृद्धि हेर्दा बजारले बुल रनको प्रारम्भिक तहहरु समाएको जानकारहरु बताउँछन् । 

Read More