डोल्पाका सबै स्थानीय तहमा मनलागी खर्च


  • Himalayan Bank Limited (HBL)
डोल्पाका सबै स्थानीय तहमा मनलागी खर्च

डोल्पा : जम्मा दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको डोल्पामा करार कर्मचारी नियुक्तिमा पेस भएको बिल भर्पाइभन्दा धेरै भुक्तानी भएको पाइएको छ। खरिद नियमावलीविपरीत सामग्री खरिद गरिएको देखिन्छ। त्यस्तै इन्धन, खाना खर्च तथा जनप्रतिनिधिको सेवा सुविधामा मनपरि ढंगले विकास बजेट खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

विकास बजेट भागबन्डा गर्ने, अनावश्यक भ्रमण गर्ने, परामर्शदाताका नाममा मिलोमतोमा करोडौं भुक्तानी गर्ने र आवश्यक कागजात बिना नै करोडौं भुक्तानी गरेको पाइएको छ। त्यतिमात्र नभई पालिकाका कर्मचारीका नाममा लाखौं पेस्की रकम दिने र उक्त रकम व्यक्तिगत खातामा हालेर सरकारी कार्यक्रम चलाउने गरेको समेत महालेखाले जनाएको छ।

Read More