कर्जाको ब्याजदर सस्तिँदै तर विस्तार सीमित


  • Himalayan Bank Limited (HBL)
कर्जाको ब्याजदर सस्तिँदै तर विस्तार सीमित

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूमा निक्षेपसँगै कर्जाको ब्याजदर पनि सस्तो भएको छ । अधिक तरलता वृद्धिसँगै बैंकहरूले निक्षेपमा ब्याजदर घटाउँदै लगेपछि लागतमा कमी आई ऋणको ब्याजदर सस्तो भएको हो । 

बैंकहरूले प्रकाशित गरेको सूचनाअनुसार चालू आर्थिक वर्ष (आव) को जेठमा वाणिज्य बैंकहरूको त्रैमासिक औसत आधारदर ८ दशमलव ३५ प्रतिशत कायम भएको छ । अघिल्लो आवको शुरू अर्थात् २०८० साउनमा १० दशमलव १४ प्रतिशत औसत त्रैमासिक आधारदर कायम भएकोमा १ वर्षको अवधिमा १ दशमलव ७९ प्रतिशत बिन्दुले घटेको हो । बैंकहरूले २०८१ जेठ र असारमा पनि निक्षेपको ब्याजदर घटाएकाले साउनदेखि कार्यान्वयन हुने त्रैमासिक आधारदर अझ कम हुने देखिन्छ । 

Read More