अन्ततः नेप्से २३ सय विन्दुमाथि उक्लियो, ९ अर्ब बढीको कारोबार, यसकारण देखिंदैछ बजारमा रौनकता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अन्ततः नेप्से २३ सय विन्दुमाथि उक्लियो, ९ अर्ब बढीको कारोबार, यसकारण देखिंदैछ बजारमा रौनकता

काठमाडौं : अन्ततः नेप्सेले २३ सयको मनोवैज्ञानिक विन्दुलाई पनि पार गरेको छ । मंगलबार नेप्से सूचक ७०.१८ विन्दुले बढेपछि सूचक २३१०.५९ अंकमा आइपुगेको हो । ९ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजारले क्रमशः माथिल्ला विन्दुहरु तय गर्न थालेकाले आगामी दिनहरु थप सुनौलो हुने अनुमान गरिएको छ । यससँगै नेप्से सूचक सन् २०७९ वैशाख २९ गते यताकै उच्च विन्दुमा आइपुगेको छ । 

यस दिन म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहमा तेजी आएको छ । यसैगरी, विकास बैंक, होटेल तथा पर्यटन, इन्भेष्टमेन्ट, वाणिज्य बैंक लगायतका समूहमा पनि बढी उत्साह देखिएको छ । ९ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 

 

Read More