आजदेखि नयाँ बजेट कार्यान्वयनमा, ३४ प्रतिशत राजस्व बढाउने लक्ष्य


  • Himalayan Bank Limited (HBL)
आजदेखि नयाँ बजेट कार्यान्वयनमा, ३४ प्रतिशत राजस्व बढाउने लक्ष्य

आज (मंगलबार) देखि नयाँ आर्थिक वर्ष (२०८१/८२) सुरू भएको छ।

यस आर्थिक वर्षको लागि सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट ल्याएको थियो। आजदेखि यो बजेट कार्यान्वयनमा आउन थालेको हो।

गत वर्षमा जम्मा १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँको मात्रै बजेट खर्च गरेकोमा यो वर्ष चार खर्ब ३७ अर्ब बढी खर्च हुने अनुमान सरकारको छ।

चालु आर्थिक वर्षको लागि चालु खर्च ११ खर्ब ४० अर्ब रूपैयाँ छुट्याइएको छ। गत वर्ष यस्तो खर्च नौ खर्ब ५२ अर्ब रूपैयाँको मात्रै भएको छ।

Read More