नेपालबाट धमाधम लगानी फिर्ता गर्दै विदेशी लगानीकर्ता, असार मसान्तसम्म १६ अर्ब फिर्ता


  • Himalayan Bank Limited (HBL)
नेपालबाट धमाधम लगानी फिर्ता गर्दै विदेशी लगानीकर्ता, असार मसान्तसम्म १६ अर्ब फिर्ता

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट विदेशी लगानीकर्ताहरूले झण्डै पौने १६ अर्ब रुपैयाँ बराबरको लगानी फिर्ता (रिपार्टेसन) लिएका छन् ।

उद्योग विभागको एक सार्वजनिक तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो महिना साउनदेखि असार मसान्तसम्म १५ अर्ब ७४ करोड ३४ लाख रुपैयाँ लगानी फिर्ता लिनका लागि विदेशी लगानीकर्ताले सिफारिस लिएको उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षभरि विदेशी लगानीकर्ताले नेपालमा सञ्चालित परियोजनाहरूबाट १० अर्ब ७ करोड ८२ लाख रुपैयाँ लाभांश मात्रै फिर्ता लिएका छन् । यस्तो लाभांश अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने १३ अर्ब बढी बाहिरिएको थियो ।

Read More