सरकारी ऋण ३ बर्षमा जिडिपीको ५० प्रतिशत पुग्ने: आईएमएफ


  • Himalayan Bank Limited (HBL)
सरकारी ऋण ३ बर्षमा जिडिपीको ५० प्रतिशत पुग्ने: आईएमएफ

काठमाडौं । आगामी तीन बर्षमा नेपालको सावर्जनिक ऋण कुल ग्राहस्थ उत्पादनको ५० प्रतिशत पुग्ने अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) अनुमान लगाएको छ । यसको अर्थ दश बर्षमा कुल ग्राहस्थ उत्पादनको तुलनामा सार्वजनिक ऋणको अंश दोब्वर हुने देखिएको छ ।

आईएमएफले सोमवार सार्वजनिक गरेको नेपाललाई दिईएको बिस्तारित ऋण सुविधाको चौथो स्टाफ प्रतिबेदन अनुसार आर्थिक बर्ष २०८३/८४ भित्र नेपालको सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादन (जिडिपी) ५० प्रतिशत पुग्ने देखिन्छ ।

यो अघिल्लो तेस्रो समिक्षाले अनुमान गरे भन्दा एक बर्ष अगाबै उक्त सीमासम्म सरकारी ऋण पुग्ने अनुमान गरिएको आईएमएफको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक बर्ष २०७३/७४ मा नेपालको सार्वजनिक ऋण जिडिपीको २५ प्रतिशत मात्र थियो । गत आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमासमा झण्डै जिडिपीको ४२ प्रतिशत सार्वजनिक ऋण पुगेको थियो ।

Read More