प्रिमियममा आइपीओ निष्कासन तयारीमा रहेको अम्बे स्टील्सको व्यापार २३ प्रतिशत घट्यो, ९ महिनामा गर्यो ५ अर्ब ९० करोडको व्यापार


  • Himalayan Bank Limited (HBL)
प्रिमियममा आइपीओ निष्कासन तयारीमा रहेको अम्बे स्टील्सको व्यापार २३ प्रतिशत घट्यो, ९ महिनामा गर्यो ५ अर्ब ९० करोडको व्यापार

काठमाडौ : आइपीओ निष्कासनको तयारीमा रहेको अम्बे स्टील्स लिमिटेडले सन् २०२३ मा ८ अर्ब ३४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा २३.२५ प्रतिशतले कम हो । सन् २०२२ मा यस कम्पनीले १० अर्ब ८७ करोड ८० लाख र सन् २०२१ मा ९ अर्ब २५ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले जनाएको छ । 

त्यसैगरी यस कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ३ करोड ९० लाखको व्यापार गरेको छ । अम्बे स्टील्स, अम्बे समूहको एक हिस्सा हो ।  यसको गोनाहा गाविस, भैरहवामा उत्पादन प्लान्ट छ । यसको टीएमटी स्टील बारको प्रति वर्ष १ लाख ४४ हजार मेट्रिक टन, बिलेट १ लाख २० हजार, जीआइ तार १४ हजार ४०० र ग्याबिन बक्स (३० लाख वर्ग मीटर)  उत्पादन क्षमता छ । 

Read More