हरेक दिन हाइड्रोपावर समूहको कारोबार १ अर्ब माथि, लगानीकर्ता हाइड्रोमा सिफ्ट भएका हुन् ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हरेक दिन हाइड्रोपावर समूहको कारोबार १ अर्ब माथि, लगानीकर्ता हाइड्रोमा सिफ्ट भएका हुन् ?

सोमबार नेपालको शेयर बजारमा पौने ९ अर्ब रुपैयाँ बराबरको साढे २ करोड भन्दा बढी कित्ता शेयरको कारोबार भयो । समूहगत रुपमा हेर्दा हाइड्रोपावर र फाइनान्स गरी दुई समूहको कारोबार रकम १ अर्ब रुपैयाँ नाघ्याे। त्यसमा पनि हाइड्रोपावर समूहको मात्रै २ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

विगत २ हप्ताको कारोबार अवलोकन गर्दा नेप्सेमा ११ दिन कारोबार भयाे । ११ कारोबार दिनमा ३ कारोबार दिन मात्रै हाइड्रोपावर कम्पनीहरुको १ अर्ब भन्दा मुनिको कारोबार भयो ।

जुलाई १ देखि जुलाई १५ सम्मको ११ दिनको कारोबारमा फाइनान्स समूहको दुई पटक र विकास बैंक समूहको एक पटक मात्रै १ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । ११ कारोबार दिनमा ३ पटक मात्रै हाइड्रोपावर समूहको कारोबार एक अर्ब भन्दा न्यून रहन पुगेको छ ।

कुनै निश्चित समूहको कारोबार रकम बढ्दै जानुलाई त्यस समूहमा लगानीकर्ता ओर्लिएको रुपमा बुझनुपर्छ । विगत ११ दिनको कारोबारमा जुलाई १ मा ८१ करोड रुपैयाँमा सीमित रहेको कारोबार विस्तारै बढ्दै जुलाई १५ मा पुग्दा पौने ३ अर्बको हाराहारीमा पुगेको छ । वित्त विश्लेषक सुन्दर रायमाझीका अनुसार कुनै समूहमा कारोबार रकम क्रमशः बढ्दै जानुलाई त्यस समूहमा लगानीकर्ता आकर्षित भएको रुपमा बुझ्नुपर्ने हुन्छ ।

Read More