प्राधिकरण र उद्योगीबीच विवाद बढ्दा बिजुली खेर जाने चिन्ता


  • Himalayan Bank Limited (HBL)
प्राधिकरण र उद्योगीबीच विवाद बढ्दा बिजुली खेर जाने चिन्ता

काठमाडौँ —  नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूबीच डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद बढ्दा बिजुली खेर जाने जोखिम बढ्दै गएको छ । प्राधिकरण र व्यवसायीबीचको बक्यौता विवादले बिजुली खेर जान सक्ने भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सोमबार प्रेस विज्ञप्ति नै जारी गरेको छ । 

‘प्राधिकरणले उद्योगहरूको लाइन काट्न थालेको र त्यसविरुद्ध केही उद्योगले तालाबन्दी गरेर उद्योग बन्द गर्ने भनेर सार्वजनिक गरेपछि यसले निजी क्षेत्रका ऊर्जा प्रर्वद्धकलाई चिन्ता बढाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशतभन्दा बढी वर्षामा उत्पादन हुने र यही बेला कम खपत भए यसले आयोजनाको आर्थिक अवस्थामा असर पार्छ भने लाइन काट्ने क्रमसँगै खपत कम घट्दा त्यसको असर आयोजनामा देखिन थालिसकेको छ ।’

Read More