अर्थतन्त्रमा आशा जगाउन अभिभारा


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्रमा आशा जगाउन अभिभारा

पुँजीगत खर्च न्यून छ। निर्माण व्यवसायीले भुक्तानी पाउन सकेका छैनन्। राजस्वले सरकारको चालु खर्च पनि धान्न सकेको छैन। विदेशी लगानी घटेको छ। वैदेशिक व्यापार खुम्चिएको छ। निर्यातले आशा जगाउन सकेको छैन। निजी क्षेत्र निराश छ। बैंकमा पैसा थुप्रिएको छ। लगानी विस्तार भएको छैन। अर्थतन्त्रका अधिकांश आन्तरिक सूचक समस्यामा छन्। वैदेशिक रोजगारीबाट आउने रेमिटेन्सले अर्थतन्त्र धानिएको छ तर अर्थतन्त्रका बाह्य सूचक सकारात्मक छन्।

यही अवस्थामा मुलुकको अर्थतन्त्रको बागडोर विष्णु पौडेलको काँधमा आएको छ। सोमबारदेखि पाँचौं पटक अर्थमन्त्री बनेका पौडेल अर्थक्षेत्रमा आशा गरिएका मन्त्री हुन्। पौडेल अर्थमन्त्री हुने हल्ला हुनासाथ सेयर बजारमा हरियाली छाएको थियो।

पौडेल अर्थमन्त्री हुँदा सेयर लगानीकर्ता सँधै उत्साहित हुन्छन्। यसकारण पनि पौडेलले यो आशालाई निराशामा परिणत हुन नदिई उत्साह जगाउन सक्छन् कि सक्दैन त्यो पौडेलको कार्यसम्पादनले प्रमाणित गर्नेछ। बजारले पौडेललाई सधैँ पत्याएको भए पनि सोमबार भने सेयर बजारले साथ दिएन। बजार ओरालो लाग्यो।

Read More